शेयर बजारमा हरियाली, आइतबार ५७.६१ अंकको वृद्धि
वि.सं.२०७९ असार १९ आइतवार १५:२२
shares

काठमाडौं, १९ असार । शेयर कारोबार हुने हप्ताको पहिलो दिन पुँजी बजारमा सुधार देखिएको छ । पुँजी बजार आइतबार ५७.६१ अंकले बढेर २ हजार ८६.३८ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबारको भन्दा २.८६ प्रतिशतले बढी हो ।
आइतबार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ शेयर कारोबारबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.२२ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स आइतबार ३९८.८४ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारकोभन्दा २.६३ प्रतिशले बढी हो । आइतबार कारोबार भएका अधिकाशं समूहको शेयर बढेको छ । शुक्रबार ८ अंकभन्दा बढीले बढेको शेयर बजारमा आइतबार पनि हरियाली छाएको हो ।

















