Dhulikhel Eco Banner new

बिजुली बिक्रीको ठेक्का प्रक्रिया रद्ध

5.88K
shares

काठमाडौं, १९ असार । नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारमा बोलकबोल मार्फत विद्युत बिक्रीका लागि गरेको ठेक्का रघ गरेको छ । प्राधिकरणले २०० मेगावाट बिजुली भारतमा बिक्रीका लागि सुरु गरेको ठेक्का प्रक्रिया भारतीय दुई कम्पनीले सम्भावित मिलेमतोमा प्रचलित दर भन्दा कम दर प्रस्ताव गरेपछि प्राधिकरणले ठेक्का प्रक्रिया खारेज गरेको हो ।

बोलकबोलमा भारतको मनिकरण पावर लिमिटेडले १ सय मेगावाटका लागि ७ रुपैयाँ ७७ पैसा र दोस्रो एनटीपीसी विद्युत् निगमले बाँकी १ सयका लागि ६ रुपैयाँ ८८ पैसामा प्रस्ताव गरेका थिए । तर दैनिक बोलकबोल हुने भारतको विद्युतको खुला बजार आईआईएक्समै नेपालको बिजुलीले महङ्गो मूल्य आइरहेकाले पनि बोलकबोल प्रकृयामा प्राधिकरण अनिच्छुक रहँदै आएको थियो ।

प्राधिकरणले अहिले अधिकतम १५ रुपैयाँ प्रतियुनिट तथा औषत ९ रुपैयाँ ६७ पैसा पाइरहेको छ । सस्तोदरमा आवदेन आएपछि प्राधिकरणले यो प्रक्रियालाई स्थगित गरेको हो । नेपालले भारतको केन्द्रीय विद्युत् मन्त्रालय मार्फत अनुमति पाएको ३६४ मेगावाट मध्येबाटै २०० मेगावाट फिक्स्ड रेटमा भारत निर्यात गर्ने उदेश्यले प्राधिकरणले करिब १ महिना पहिले बोलपत्र प्रस्ताव आह्वान गरेको थियो ।

ठेक्का प्रक्रिया रद्धको सूचना जारी गर्दै प्राधिकरणले प्रस्तावकहरुलाई बैंक जमानत फिर्ताका लागि सम्पर्क गर्न आग्रह गरको छ ।