Dhulikhel Eco Banner new

लोकतन्त्र दिवसमा शान्ति समाज रुपन्देहीको नागरिक सम्बाद

2.33K
shares

काठमाडौं, १३ वैशाख । २० औं लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले नागरिक सम्बाद सम्पन्न गरेको छ । सद्भाव प्रबर्द्धन, बिधिको शासन र लोकतन्त्रको संरक्षण बिषयक नागरिक सम्बाद केन्द्रित रहेको थियो ।

नागरिक सम्बादमा शान्ति समाजले प्रस्तुत गरेको अवधारणा पत्र माथी अधिकारकर्मी, प्राध्यापक, वकिल, राजनैतिक दलका नेतागण, नवयुवा, अभियान्ता, पत्रकारहरु बीच लोकतन्त्रको सन्द्रभमा प्राज्ञिक बहस भएको थियो ।

कार्यक्रममा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, प्राध्यापक संघ नेपालका पुर्व अध्यक्ष डा बुद्ध बहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, उच्च अदालत बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजन पाण्डे, नेपाली काङ्ग्रेस नेता प्रजापाल गिरि, नेकपा एमालेका नेता बाबुराम पन्थी, नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र भुसाल, रिपोर्टस क्लब लुम्बिनी अध्यक्ष राम कुमार क्षेत्री, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौवान क्षेत्री, जेन्जी अभियान्ता ममता कार्की, गैरसरकारी सस्था रुपन्देही सचिव सावित्रा घिमिरे, पत्रकार रुद्रहरी कुवर लगायतले लोकतन्त्रको सबलिकरण, राजनीति समाज बीच निकट सम्बन्ध र मैत्रीपूर्ण प्रतिस्पर्धा एवं बिधिको शासन, कानुनी राज्य र जबाफदेहिता हुनुपर्नेमा जोड दिएका थिए ।

शान्ति समाज रुपन्देहीका सभापतिको अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत, निवर्तमान सभापति कृष्ण भट्टराईको धन्यवाद तथा कास सीता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे।