Dhulikhel Eco Banner new

पक्राउको हल्ला बीच गोल्छा भन्छन्, ‘म कार्यालयमै व्यस्त छु’

8.24K
shares

काठमाडौं, १० वैशाख । शेखर गोल्छाले आफ्नो पक्राउसम्बन्धी फैलिएको समाचार पूर्ण रूपमा निराधार भएको बताएका छन्।

केटिएम भ्वाइससँग कुरा गर्दै उनले आफू हाल कार्यालयमै रहेको स्पष्ट पारे। साथै, आफ्नो विरुद्ध अहिलेसम्म कुनै पनि पक्राउ पुर्जी जारी नभएको जानकारी दिए।

‘मलाई कुनै पनि पक्राउ पुर्जी जारी भएको छैन, म अहिले कार्यालयमै छु,’ उनले भने, ‘यस्ता हल्लाको पछि नलाग्नुहोस्।’

यससँगै उनले सर्वसाधारणलाई आधारहीन अफवाहहरूमा विश्वास नगर्न र यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरेका छन्।

यसअघि प्रकाशित समाचार माफीसहित सच्याइएको छः सम्पादक