Dhulikhel Eco Banner new

नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूूर्व छलफल कार्यक्रम सम्पन्न

1.05K
shares

काठमाडौं, १५ वैशाख । नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ । बजेटपूर्व छलफलः समृद्धिको मार्ग नाम दिईएको उक्त छलफल कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. सञ्जय आचार्य रहनुुभएको थियो । कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल ब्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्रि डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका बिविध बिषयहरुलाई समेटेर आगामी बजेटको लागि बिभिन्न सुुझावहरु दिएका थिए ।

कार्यक्रममा नेपाल ब्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजिकरण गरेका थिए । महासचिब ईन्द्र कुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गरे । कार्यक्रममा बिभिन्न क्षेत्रमा संलग्न सहभागीहरुबाट २०८३/८४ को बजेटको लागि सुुझावहरु संकलन गरिएको थियो भने प्रमुख अतिथि डा.सञ्जय आचार्यले बजेटको लागि बिभिन्न सुुझावहरु प्रदान गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै संघका अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरु तथा सहभागीहरुबाट संकलित सुुझावहरु सबैलाई समेटेर आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट निर्माणको लागि संकलित सुुझावहरु सरकारलाई बुझाईने जानकारी दिए । नेपाल ब्यवस्थापन संघले सरकारले बजेट बनाउनुुपूर्व यो कार्यक्रम गर्दै आएको छ । सरकारलाई सबै सरोकारवालाहरुको सल्लाह, सुुझाव पुर्याई एउटा प्रभावकारी बजेट बनाउन मद्धत पुर्याउने हेतुले आयोजना गरिएको यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको संघले जनाएको छ ।