प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:०२
793
shares
shares

काठमाडौं, १५ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ३ हजारले बढेको हो ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ५ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ९७ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य १०० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ५ हजार ४५ रुपैयाँ कारोबार भएको चाँदी मंगलवार ४ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको हो ।



















