Dhulikhel Eco Banner new

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, पुँजी वृद्धिको प्रस्ताव पारित

4.77K
shares

काठमाडौं, २० असार । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको प्रमुख आतिथ्यतामा काठमाण्डौको शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हो ।

कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का तथा बद्री प्रकाश पोखरेलको सहभागिता रहेको थियो ।

सो सभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित समेत अनुमोदन गरेको छ ।

साथै सोही सभाले अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।