Dhulikhel Eco Banner new

शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

858
shares

काठमाडौं, २१ वैशाख । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३४.६३ अंकले घटेर २,७०४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २६ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.५८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी माईखोला हाइड्रोपावरका लगानीकर्ताले ८.५९ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सालपा विकास बैंकका लगानीकर्ताले ८.०१ प्रतिशतका दरले गुमाएका छन् भने श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका छन् ।