अध्यादेशमार्फत ऊर्जा मन्त्रालयअन्तर्गत हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त
वि.सं.२०८३ वैशाख २१ सोमवार १७:५१
shares

काठमाडौं, २१ वैशाख । ऊर्जा मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १० जना पदाधिकारी पदमुक्त भएका छन्।
मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम उनीहरूलाई पदमुक्त गरिएको हो।
पदमुक्त हुनेहरूमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित सदस्यहरू रतनबहादुर ऐर, डा। बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल रहेका छन्।
यसैगरी विद्युत् नियमन आयोग का अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा। मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका छन्।
उक्त अध्यादेश कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका प्रमुख निकायमा व्यापक प्रशासनिक परिवर्तन भएको देखिएको छ।

















