दोहोरो अंकले अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:१२
shares

काठमाडौं, ३१ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले अंकले घटेको छ । शेयर बजार १०.०७ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने १४कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एशियन हाइड्रोपावर लिमिटेड का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले गुमाएका छन् ।















