शेयर बजारमा १७४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:४१
shares

काठमाडौं, ३१ वैशाख । बिहीवार शेयर बजार दोहोरो अंकले अंकले घटेको छ । शेयर बजार १०.०७ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन पुनर्बीमा लिमिटेडका लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले गुमाएका छन् ।















