सामान्य अंकले बढ्यो शेयर बजार, कारोबा रकम घट्यो
वि.सं.२०८३ जेठ १ शुक्रवार १५:१२
shares

काठमाडौं, १ जेठ । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.७७ अंकले बढेर २७३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको शेयर मूल्य घटेको छ भने २२ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ७५ नबिल डिभेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७।७१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि युनियन हाइड्रोपावर लिमिटेड का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४।७१ प्रतिशतका दरले गुमाएका छन् ।














