Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

754
shares

काठमाडौं, १ जेठ । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.७७ अंकले बढेर २७३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको शेयर मूल्य घटेको छ भने २२कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा  नबिल डिभेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १०.२५५ केबीएल डिबेन्चरका लगानीकर्ताले ३.०० प्रतिशतका दरले कमाएका छन् भने भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले २.९४ प्रतिशतका दरले कमाएका छन् ।