Dhulikhel Eco Banner new

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

793
shares

काठमाडौं, ४ जेठ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘नेपालको वर्ष उत्कृष्ट जीवन बीमा कम्पनी’ विधामा सम्मानित गरिएको छ। उक्त पुरस्कार इन्डियन च्याम्बर अफ कमर्स द्वारा थाइल्यान्डको बैंककमा आयोजित विशेष समारोहमा घोषणा गरिएको हो ।

कम्पनीले प्राप्त गरेको आधिकारिक ट्रफी तथा प्रमाणपत्र केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरेको जनाएको छ। कम्पनीका अनुसार यस सम्मानले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, आधुनिक डिजिटल प्रविधिको प्रयोग तथा आम नागरिकसम्म जीवन बीमाको पहुँच विस्तारमा खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः स्थापित गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अन्तर्राष्ट्रिय सम्मानले सम्पूर्ण सिटिजन परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो। उहाँले ग्राहकहरूको अटुट विश्वास, अभिकर्ता तथा कर्मचारीहरूको समर्पित मेहनतकै प्रतिफलस्वरूप कम्पनीले यस्तो उपलब्धि हासिल गरेको उल्लेख गरे ।

सिटिजन लाइफले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरेको छ।