Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

1.47K
shares

काठमाडौं, ७ जेठ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ।

बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।