Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए पैसा फिर्ता

2.28K
shares

काठमाडौं, ७ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। बिहीबार समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम वितरण गरेको हो।

समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।

यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो।

समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने तयारी गरिएको छ।

समितिको तथ्यांकअनुसार समस्याग्रस्त सहकारीमा हाल करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको जनाएको छ। कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।