Dhulikhel Eco Banner new

विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन माग

2.25K
shares

काठमाडौं, ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त अध्यक्ष तथा सदस्य पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

सार्वजनिक सूचनाअनुसार सदस्य पदमध्ये एक पद महिलाका लागि छुट्याइएको छ । मन्त्रालयका अनुसार विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

आवेदन दिन इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालयले आवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा बुझाउनुपर्ने जनाएको छ ।