दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ जेठ ७ बिहीवार १५:१०
shares

काठमाडौं, ७ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.३६ अंकले घटेर २७४२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ८९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा ८.५प्रतिशत प्रभु बैंक डिभेन्चर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९५ प्रतिशतका दरले गुमाएका छन् ।
















