Dhulikhel Eco Banner new

बीमा दाबी प्रक्रिया अधुरै राख्ने बीमितलाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अन्तिम चेतावनी

702
shares
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ले बीमा दाबी प्रक्रियासँग सम्बन्धित आवश्यक कागजात पेश नगरेका बीमितलाई अन्तिम समयसीमा तोकेर सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म दर्ता भएका विभिन्न बीमा दाबीहरू अझै अधुरै रहेको जनाएको हो।

कम्पनीका अनुसार कतिपय बीमितले दाबी पेश गरेपछि आवश्यक कागजात बुझाएका छैनन् भने केही सेवाग्राही कम्पनी वा सर्भेयरको सम्पर्कमै नरहेको अवस्था देखिएको छ। यसका कारण दाबी भुक्तानी प्रक्रिया लामो समयदेखि रोकिएको कम्पनीले जनाएको छ।

सूचनामा प्रकाशित मितिले २१ दिनभित्र सम्बन्धित सबै कागजातसहित कम्पनीको शाखा कार्यालय वा नियुक्त सर्भेयरसँग सम्पर्क गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगरेका दाबी फाइलहरू नियमानुसार बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

बीमा दाबी फर्छ्योट प्रक्रिया सहज बनाउन सम्बन्धित शाखा कार्यालय, बागमती प्रदेश कार्यालय वा मुख्य कार्यालयमा सम्पर्क गर्न कम्पनीले बीमितलाई अनुरोध गरेको छ। कम्पनीले समयमै आवश्यक कागजात बुझाएर आफ्नो दाबी सुरक्षित गर्न पनि आग्रह गरेको छ।