शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ जेठ ८ शुक्रवार १५:२५
shares

काठमाडौं, ८ जेठ । शुक्रवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.३८ अंकले बढेर २७५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा एनआईसी एशिया सन्तुलित फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ग्लोबल आइएमई समुन्नत योजनाका लगानीकर्ताले २.५१ प्रतिशतका दरले गुमाएका छन् भने ७.२५प्रतिशत एसबिएल फन्डका लगानीकर्ताले २.२७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ज्ञण्५ सानिमा बैंक लिमिटेड डिभेन्चरका लगानीकर्ताले २.२६ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.२३ प्रतिशतका दरले गुमाएका छन् ।
















