नेप्सेमा कालिन्चोक हाइड्रोपावरको आईपीओ सूचीकृत
वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१७
4.3K
shares
shares

काठमाडौं, ८ जेठ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको ५५ लाख कित्ता आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
सूचीकृत शेयरमध्ये १३ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरिएको आईपीओ र ४१ लाख २५ हजार कित्ता संस्थापक शेयर रहेको छ।
नेप्सेले कम्पनीलाई ‘केएचपिएल’ टिकर प्रदान गर्दै पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।
















