Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

3.77K
shares

काठमाडौं, ८ जेठ । शुक्रवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.३८ अंकले बढेर २७५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनआईसी एशिया सन्तुलित फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन् ।