Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.52K
shares

काठमाडौं, ८ जेठ । शुक्रवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.३८ अंकले बढेर २७५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माबिलुङ इनर्जी लिमिटेडका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । भने बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले ७.२४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि आखु खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ७.२० प्रतिशतका दरले कमाएका छन् भने सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन् ।