Dhulikhel Eco Banner new

मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.09K
shares

काठमाडौं, ११ जेठ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति ९जेठ ११ गते० ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ । निवेदनमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत स्पष्ट खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

उक्त शेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँमा बिक्री गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थापक शेयर बिक्री गर्दा हाल कायम संस्थापक शेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई उक्त शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।