Dhulikhel Eco Banner new

स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गरिने

611
shares

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञचालन गर्ने बताए ।

सबै स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यन्वयनमा ल्याउने जनाएको छ । यद्यपि यो कार्यक्रम यसभन्दा अगाडिका बजेटमा पनि समेट्दै आएको छ । तर कार्यावन्यन भने हुन सकेको छैन ।

त्यसैगरी राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लले बताए ।