Dhulikhel Eco Banner new

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का : चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

2.05K
shares

कुशल भुर्तेलकाे शतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा चीनविरुद्ध ३१४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा चीनले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ओभरमा २ विकेटकाे क्षतिमा ३१३ रन बनाएकाे हाे ।

नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ३५ औँ बलमा १२ छक्का र ५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो ।

भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी ४३ बलमा १२९ रन जाेडेर आउट भए ।