नेपालले समेत भारतको भुमि मिचेको रहेछः प्रधानमन्त्री
वि.सं.२०८३ जेठ १७ आइतवार १४:५३
1.2K
shares
shares

काठमाडौं, १७ जेठ । प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको भुमि मिचेको बताएका छन् ।
उनले भने, ‘लिपुलेक लिम्पियाधुराबारे सोध्नु भयो । तपाईहरुलाई एउटा कुरा अच्चम लाग्छ होला मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए । भारतले नेपालको जग्गा मात्रै होइन नेपालले समेत भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा अस्ती भर्खरै थाहा भयो ।’
दुबै देशले अध्ययन गरेर बसेर कस्ले मिचेको छ साथीहरुको रुपमा समाधान गर्ने सोच राखेका प्रधानमन्त्रीले बताए ।
















