एकैदिन प्रतितोला २० हजार ५ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७
3.03K
shares
shares

काठमाडौं, १७ जेठ । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २० हजार ५ सयले बढेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९० हजार ६ सयमा कारोबार भएको सुन आइतवार बढेर प्रतितोला ३ लाख ११ हजार १ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि ३०५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ५ हजार ४० रुपैयाँमा कायम भएको चाँदी आइतवार ५ हजार ३ सय ४५ रुपैयाँमा कायम भएको हो ।
















