Dhulikhel Eco Banner new

बजेटले निजी क्षेत्रको मनोबल बढाउने सिबिफिनको विश्वास

2.15K
shares

काठमाडौं, १७ जेठ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ। परिसंघले बजेटले आर्थिक पुनरुत्थान, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेको हो।

विगत केही समयदेखि सुस्त रहेको मुलुकको आर्थिक गतिविधि र निजी क्षेत्रमा देखिएको ‘पर्ख र हेर’ को अवस्थालाई चिर्न यो बजेटले नयाँ आधार सिर्जना गरेको सिबिफिनले जनाएको छ । विशेषगरी बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने सरकारी घोषणालाई सिबिफिनले ऐतिहासिक, दूरदर्शी र समयानुकूल कदमका रूपमा व्याख्या गरेको छ।

परिसंघले व्यक्तिगत आयकर छुट सीमामा गरिएको वृद्धि, कर संरचनाको पुनरावलोकन, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, प्रविधि तथा ऊर्जा क्षेत्रलाई दिइएको प्राथमिकता, औद्योगिक कच्चापदार्थ आयातमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनको व्यवस्थालाई पनि सकारात्मक रूपमा लिएको जनाएको छ।

त्यसैगरी, निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गरिएको विषयले लगानी वातावरण सुधार र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास परिसंघको छ।