Dhulikhel Eco Banner new

दश महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात

2.26K
shares

काठमाडौं, १७ जेठ । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा नौ अर्ब ६५ करोडले आयात बढेको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा २० अर्ब ५२ अर्ब राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १६ अर्ब ६४ करोड राजस्व संकलन भएको थियो ।

चालु आवको १० महिनामा एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट तीन अर्ब १७ करोड राजस्व संकलन भएको छ । यसैगरी, सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।