Dhulikhel Eco Banner new

थ्रीस्टार हाइड्रोपावरको लकइन अवधि असार १९ गतेबाट सकिने

2.13K
shares

काठमाडौं, १८ जेठ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको लकइन अवधि असार १९ गतेबाट सकिने भएको छ। संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको गरी ४२ लाख १ हजार २५ कित्ता शेयरको लकइन अवधि आउँदो असार १९ गतेबाट सकिने भएको हो ।

लकइन अवधि समाप्त भएसँगै उक्त शेयरहरू खरीद–बिक्री गर्न सकिनेछ। यद्यपि संञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीको संस्थापकतर्फको ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख ९२ हजार ५०० कित्ता र कर्मचारीहरूतर्फको १४ हजार ७७५ कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहको छ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म र संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीतर्फको शेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ।