सानिगाड हाइड्रोको आईपीओ खुला
वि.सं.२०८३ जेठ १८ सोमवार १०:०२
shares

काठमाडौं, १८ जेठ । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिसकेपछि अर्ब सर्वसाधारणमा आईपीओ जारी गरेको हो।
कम्पनीले अब बाँकी शेयरमध्ये २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी बसेको ४६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यस कम्पनीको आईपीओ ४ लाख ६७ हजार ४०० जना आवेदकले पाउनेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये प्रथम चरणमा आयेजना प्रभावितलाई २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ५ लाख ७० हजार कित्ता बाँडफाँड गरिसकेको छ।
यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। जेठ २१ गतेभित्र मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने निष्काशन अवधि लम्बिएर असार १ गतेसम्म कायम हुनेछ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।















