Dhulikhel Eco Banner new

 जुवातास खलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाख ७९ हजार बरामद

715
shares

काठमाडौं, १८ जेठ । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ साढे ६ बजेतिर राजिपुरको बझाङ्गी टोलका जगत धामीको दुईतले पक्की घरमा छापा हानेको थियो । सो क्रममा प्रहरीले घरको माथिल्लो तलाको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा एक लाख ७९ हजार २० रुपैयाँ नगद, चार गड्डी तास र आठ थान मोबाइल बरामद गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय जगत धामी, स्थानीय २९ वर्षीय कृष्ण गुरुधामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल साउँद, छन् । यस्तै गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका–१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामीलाई पनि पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए ।