शेयर बजारमा २६ अंकको पहिरो, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ जेठ १८ सोमवार १५:०९
shares

काठमाडौं, १८ जेठ । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २६.७२ अंकले घटेर २७५५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६१ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड,कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२० प्रतिशतका दरले गुमाएका छन् ।















