दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ १९ मंगलवार १५:१९
shares

काठमाडौं, १९ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.२१ अंकले बढेर २७७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब २६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४ं९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि केन्द्रीय वित्त कम्पनी लिमिटेडका लगानीकर्ताले १३.६७ प्रतिशतका दरले कमाएका छन् भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले १०.५७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले कमाएका छन् भने गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले कमाएका छन् ।
















