दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो
वि.सं.२०८३ जेठ १९ मंगलवार १५:१०
shares

काठमाडौं, १९ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.२१ अंकले बढेर २७७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब २६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४ं९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नबिल डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।
















