Dhulikhel Eco Banner new

प्रतितोला २ हजार १ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.3K
shares

काठमाडौं, २२ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार १ सयले घटेको छ ।

महासंघका अनुसार विहिवार प्रतितोला ३ लाख ११ हजार १ सयमा कारोबार भएको सुन शुक्रवार घटेर प्रतितोला ३ लाख ९ हजारमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । विहिवार प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ५ हजार २ सय ३० रुपैयाँमा कायम भएको हो ।