Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच सम्झौता

1.13K
shares

काठमाडौँ, २२ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लाग होनर ब्रान्डका स्मार्टफोनका आधिकारिक विक्रेता इफिक्स नेपाल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धमा एक द्विपक्षीय समझदारी सम्पन्न भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आईटी म्यानेजर अभिषेक गोपाल शर्माले हस्ताक्षर गर्नुभएको हो। यस समझदारी अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर ९० प्रतिशत ईएमआई मा होनर ब्रान्डका स्मार्टफोनहरू इफिक्स डट कम डट एनपी बाट क्रेडिट कार्डमार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।

ग्राहक महानुभावहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्नुहुनेछ र मासिक किस्ताबन्दीका लागि बैंकको पोर्टल इन्स्टाबाइ डट एनआइसीएशियाबैंक डट कम बाट सजिलै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ।

त्यसैगरी, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमार्फत बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नुहुनेछ। यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ।

सदैव आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीको उत्कृष्ट प्रयोगमार्फत समृद्ध बैंकिङ अनुभव प्रदान गर्न यस बैंक सदैव क्रियाशील रहेको प्रतिबद्धता इफिक्स नेपालसँगको यस सहकार्यले बैंकका ग्राहक महानुभावहरूलाई व्ययभार कम गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ।