Dhulikhel Eco Banner new

घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

910
shares

काठमाडौं, २४ जेठ । स्थानीय बजारमा आइतवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य १ सयले घटेको छ ।

महासंघका अनुसार शुक्रवार प्रतितोला ३ लाख ९ हजारमा कारोबार भएको सुन विहिवार घटेर प्रतितोला ३ लाख ८ हजारमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ५ हजार २ सय ३० रुपैयाँमा कायम भएको चाँदी आइतवार ४हजार ८ सय ९५ रुपैयाँमा कायम भएको हो