Dhulikhel Eco Banner new

आइएमई लाइफको लकइन अवधि सकिंदै

1.61K
shares

काठमाडौं, २६ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि असार ३० गतेबाट सकिंने भएको छ । कम्पनीको संस्थापकतर्फको २ करोड ८० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको ६ लाख कित्ता शेयरको लकइन अवधि ३० गतेबाट सकिने भएको हो ।

लकइन अवधि सकिएसँगै उक्त शेयर कारोबार गर्न सकिनेछ। तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहनेछ।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा कुल ४ करोड कित्ता शेयर सूचीकृत रहेको छ। कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।