Dhulikhel Eco Banner new

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.21K
shares

काठमाडौं, २७ जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.५७ अंकले घटेर २७३६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २९ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ८.३४ प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो लोहोर खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.७५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९का लगानीकर्ताले ४.२८ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत एनआइएमबि डिबेन्चर २०९०का लगानीकर्ताले ३.५७ प्रतिशतका दरले गुमाएका छन् ।