ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति फाइदा ?
वि.सं.२०८३ जेठ ३१ आइतवार १४:४५
shares

काठमाडौं, ३१ जेठ । ग्लोबल आईएमई बैंक लिमिटेडले असार महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
नयाँ ब्याजदरको मुद्दती निक्षेपमा बैंकले जेठ महीनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत निक्षेपतर्फ न्यूनतम २.८५ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म र संस्थागत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याजदर तोकेको छ।
सबै साधारण बचत खातामा २.७५ प्रतिशत र ग्लोबल रेमिट सेभिङ खातामा ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।















