Dhulikhel Eco Banner new

उद्योग क्षेत्रमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब

962
shares

काठमाडौं, ३१ जेठ । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब १८ खर्ब पुगेको छ । देशभर साना, मझौला तथा ठूला उद्योगहरूमा वित्तीय क्षेत्रको लगानी एक वर्षको अवधिमा ७.९९ प्रतिशतले बढेर गत पुससम्म १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्ष ६ महिनामा देशभर साना, मझौला र ठूला गरी थप ४ सय ६१ नयाँ उद्योगहरू दर्ता भएका छन् । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी ३६३ वटा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४ वटा उद्योग दर्ता भएका हुन् ।

चालु आवको सो अवधिमा दर्ता भएका उद्योगहरूमा प्रस्तावित विदेशी लगानी ५५ अर्ब ८३ करोड रहेको छ भने ती उद्योगहरूले २२ हजार ८ सय ८५ जनालाई रोजगारी सिर्जना गरेका छन् । चालु आवको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत मात्रै रहेको छ ।
त्यस्तै उद्योग क्षेत्रमा वित्तीय क्षेत्रको लगानी बढ्दै, १८ खर्बको नजिक पुग्योबैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट भएको लगानीका आधारमा औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १२ खर्ब ८४ अर्ब ३० करोड अर्थात् ७२.२२ प्रतिशत कर्जा लगानी रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४ अर्ब ४१ करोड अर्थात ०.२५ प्रतिशत लगानी रहेको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा कोशी प्रदेशमा ९.२२ प्रतिशत, मधेस प्रदेशमा ७.२२ प्रतिशत, बागमती प्रदेशमा ७२.२२ प्रतिशत, गण्डकी प्रदेशमा १.६२ प्रतिशत, लुम्बिनी प्रदेशमा ७.९१ प्रतिशत, कर्णाली प्रदेशमा ०.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.५५ प्रतिशत छ ।