Dhulikhel Eco Banner new

‘लघुवित्तलाई हकप्रद शेयर जारी गर्न दिनुपर्छ’

910
shares

काठमाडौं, ३१ जेठ । छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकनिधि तिवारीले लघुवित्तलाई हकप्रद शेयर जारी गर्न दिनु उपर्युक्त हुने बताएका छन् । ‘लघुवित्तका लागि कस्तो कस्तो मौद्रिक नीति आउनु पर्छ ?’ भन्ने केटिएम भ्वाइसको जिज्ञासामा सीईओ तिवारीले यस्तो बताएका हुन् ।

लघुवित्तलाई पुँजीको चाप भएको र लामो समयदेखि हकप्रद जारी गर्ने अनुमति समेत नभएको भन्दै आगामी मौद्रिक नीतिले यो व्यवस्था गर्दा राम्रो हुने उनले बताए ।

साथै कर्जा सूचना केन्द्रसँग सम्बन्धित केही विषयहरु पनि सुधार गर्नुपर्ने सीईओ तिवारीको सुझाव छ । उनले कर्जा सूचना केन्द्रले अन्य बैंक तथा वित्तीय संस्थालाई जस्तै लघुवित्तलाई पनि सुविधा दिनु पर्ने बताए । ‘सिआईसी अरु बैंकहरुले हेर्न पाउछन्, लघुवित्तले पनि त्यो पाउनु पर्छ’ सीईओ तिवारीले भने, ‘कर्जा सूचना केन्द्रको शुल्क पनि अलि बढि छ, त्यो कम हुँदा राम्रो हुन्छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । आगामी मौद्रिक नीतिले पर्याप्त कर्जा लगानी गर्न उपर्युक्त व्यवस्था ल्याउन सके ‘इन्डष्ट्री’ मा पोजिटिभ भाइब्स आउने उनले बताए ।