Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

572
shares

काठमाडौं, २ असार । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.३१ अंकले घटेर २७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ६.८९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले कमाएका छन् भने मेन्छियाम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.१९ प्रतिशतका दरले कमाएका छन् ।