Dhulikhel Eco Banner new

जेठमा घरजग्गा कारोबारबाट ५ अर्ब २४ करोड राजस्व संकलन

975
shares

काठमाडौँ, ३ असार । देशभरका भूमि प्रशासन कार्यालयबाट गत जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेका छन् । यस्तै, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ, पूँजीगत लाभकरबाट २ अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ संकलन गरेको छ ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार रुपैयाँ, टोखाले १० करोड ९९ लाख २३ हजार रुपैयाँ, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् ।

विभागका अनुसार गत वैशाखमा देशभरका मालपोत कार्यालयहरूले कुल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व र गत चैतमा कुल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ र गत माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ राजस्व संकलन भएको थियो ।