Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

1.13K
shares

काठमाडौं, ७ असार । प्राइम कमर्सियल बैंकले असार ६ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।

बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो ।बैंकको सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले बैंकको कम्पनी सचिव कार्यालयमा सम्पर्क गरी आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।