Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति

1.03K
shares

काठमाडौं, ७ असार । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न कम्पनीले असार ३ गते अनुमति पाएको हो ।

६ दशमलव २५ प्रतिशत ब्याजदर रहेको कुल कित्ता ऋणपत्रमध्ये कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ ।

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।