Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

663
shares

काठमाडौं, ८ असार । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४२ करोड कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।