Dhulikhel Eco Banner new

हिमालयन पावर पार्टनरको साधारणसभा असार ३२ गते

507
shares

काठमाडौं, ११ असार ।  हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा आगामी असार ३२ गते गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको असार १० गते बसेको ६७औं बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असार १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन्। कम्पनीका अनुसार यस वर्ष नगद लाभांश, बोनस शेयर वा हकप्रद शेयर वितरणको प्रस्ताव छैन। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ६१ लाख २५ हजार ५०० रुपैयाँ रहेको छ।

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पेश गरिनेछ।

साथै आवश्यक परे नियामकीय निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभा काठमाडौं प्लाजाको सभाहल कमलादीमा बस्ने कम्पनीले जनाएको छ।